४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

माधव नेपालको नयाँ पार्टीमा ३१ सांसदसहित ९५ केन्द्रीय सदस्य



माधवकुमार नेपाल नेतृत्वको नवगठित पार्टी नेकपा एमाले (समाजवादी)मा ३१ जना सांसद रहने भएका छन्।

पार्टीका नेता राजेन्द्र पाण्डेका अनुसार नवगठित पार्टीमा ३१ सांसदसहित ९५ केन्द्रीय सदस्य रहेका छन् ।

नेपालवाचसँग कुरा गर्दै नेता पाण्डेले एमाले(समाजवादी)मा ३१ सांसद र ५८ जना केन्द्रीय सदस्यसहित ९५ जनाको केन्द्रीय समिति रहेको बताए ।

‘नयाँ बनेको दलको केन्द्रीय कमिटीमा ९५ केन्द्रीय सदस्य छन् । साविक एमालेका ५८ जना केन्द्रीय सदस्य समेटिएको छ,’ उनले भने, ‘चुनाव चिन्ह भने अहिले तोकिएको छैन।’

नेता पाण्डेले दल दर्ताको प्रमाणीकरण पाएपछि राष्ट्रिय सम्मेलन गर्ने र नयाँ क्रान्तिकारी पार्टीका रुपमा अघि बढ्ने बताएका छन् । उनले वामदेव गौतम पनि आफ्नै पक्षमा आउन सक्ने संकेत पनि गरेका छन्।

नवगठित पार्टीको चुनाव चिन्ह खुला किताव प्रस्ताव गरिएपनि अहिले नै टुंगो नलागेकोले उनको भनाइ छ । ‘चुनाव चिन्ह अहिले नै टुंगो लागेको छैन्, खुला किताब प्रस्ताव भएपनि अझै कलम चिन्ह हुन पनि सक्छ,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय