७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

रेल्वे कम्पनीको महाप्रवन्धकमा एमाले समाजवादीका नेता निरञ्जन झा नियुक्त



काठमाडौं । सरकारले रेल्वे कम्पनीको महाप्रवन्धकमा नेकपा एमाले समाजवादीका नेता निरञ्जन झालाई नियुक्ति दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले झा लाई नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त महाप्रवन्धक झा राजविराज नगरपालिकाका एमाले समाजवादी पार्टी निकट नेता हुनुहुन्छ ।

वर्तमान सरकार बन्नका लागि निर्णयक भूमिकामा रहेको एमाले समाजवादी पार्टीलाई प्रधानमन्त्री देउवाले रेल्वे कम्पनीको महाप्रवन्धकको जिम्मेवारी दिनु भएको हो । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला पहिलो पल्ट गुरु भट्टराई महाप्रवन्धकमा नियुक्त हुनु भएको थियो । तर सरकार परिवर्तन सँगै भट्टराईलाई स्पष्टिकरण मागिएको थियो ।

उहाँले स्पष्टिकर नदिई पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो । बिहीबारकै मन्त्रिपरिषद बैठकले बागमती प्रदेशको प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादव शर्मालाई नियुक्त दिएको थियो । उहाँ पनि एमाले समाजवादीकै नेता हुनुहुन्छ ।


प्रतिक्रिया दिनुहोस !