१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

जापानबाट आईपुग्यो अष्ट्राजेनेकाको २ लाख खोप



काठमाडौं । जापानबाट शनिबार अष्ट्राजेनेकाको थप २ लाख ८ हजार ६० डोज खोप आइपुगेको छ । जापान सरकारले अनुदानमा नेपाललाई दिएको १६ लाख खोपमध्येकै उक्त शनिबार बिहान काठमाडौँ आइपुगेको होे । कतार एयरलाइन्समार्फत खोप ल्याइएको स्वास्थ्य सचिव रोशन पोखरेलले जानकारी दिए ।

उनका अनुसार यसअघि अस्ट्राजेनेकाको पहिलो खोप लगाएर पखाइमा रहेका ६५ वर्षमाथिकालाई यो खोप लगाइनेछ ।यसअघि जापानबाट ८ लाख ४७ हजार ३२० खोप नेपाल भित्रिसकेको छ । बाँकी खोप भने सोमबारसम्ममा नेपाल आइपुग्ने जनाइएको छ । जापानले को–भ्याक्स कार्यक्रममार्फत नेपाललाई उक्त खोप दिएको हो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय