१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

झ्याप्प झ्याप्प बत्ती जाने समस्या हल गर्न कुलमानको निर्देशन



Kulman Ghising, Nepal Electricity Authority

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको सेवालाई लिएर आएको जनगुनासो तत्काल सम्बोधन गर्न निर्देशन दिएका छन् । बिना जानकारी झ्याप्प झ्याप्प बत्ती जाने गरेको, नयाँ वत्ति जडानका लागि मिटर पाउन छोडेको, नो लाइटमा फोन गर्दा फोन नउठाउने जस्ता गुनासो आउन थालेको भन्दै घिसिङ ‘एक्सन’ मा उत्रिएका हुन् ।

सोमबार ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक, ७ वटै प्रादेशिक कार्यालयहरु, प्रदेश डिभिजन कार्यालयहरु र शाखाका प्रमुखहरुसँग भर्जुअल बैठक राखी घिसिङले गुणस्तरीय विद्युत आपूर्ति, सेवा प्रवाहमा सुधार, सुशासन लगायतमा कठोर बन्न निर्देशन दिएका हुन् ।

चुहावट नियन्त्रण अभियान रोकिएको बताउदै उहाँले स्थानीय तह र प्रशासनसँगको समन्वय र सहकार्यमा यसलाई तत्काल सुरु गर्नुपर्नेमा जोड दिए । घिसिङले कसैको दबाब र प्रवावमा नपरी उच्च नैतिक आचरण देखाएर जिम्मेवार भई काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।


प्रतिक्रिया दिनुहोस !