१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

एमालेको स्थायी कमिटी बैठक बस्दै, तेस्रो धार पनि सहभागी हुने



काठमाडौं । आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । विगतमा माधब नेपाल पक्षमा रहेका तर नेपालले नयाँ पार्टी गठन प्रक्रिया सुरु गरेपछि एकता अभियानमा लागेका नेताहरु पनि आजको बैठकमा सहभागि हुँदैछन् । सोमबार तेस्रो धार भनिएका नेताहरुले अध्यक्ष केपी ओलीसँग छलफल गरेपछि आज स्थायी कमिटी बठक बस्ने सहमति भएको हो । आजको बैठकमा पार्टी एकताका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयन गर्ने बिषयमा छलफल हुने भनिएको छ ।

१० बुँदे सहमति कार्यान्वयनलाई अघि बढाउने निर्णय बैठकले गरेको र यस बिषयमा थप छलफल गर्न मंगलबार ११ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय भएको हो । एमाले एकताका लागि तेश्रो धारमा उभिएका नेताहरुले पार्टीलाई समान व्यहार गर्ने र पुरानै जिम्मेवारी दिने तथा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति कार्यान्वयन हुने अपेक्षा गरेका छन् । स्थायी कमिटी मार्फत नै १० बुँदे सहमति कार्यान्वयनको बाटो तयर गर्ने र केन्द्रीय कमिटी बोलाउने सहमति भएको थियो । अध्यक्ष ओलीले नेपालबाहेकको एकता चाहेको बताइरहँदा आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस !