१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सेयर बजारमा पहिरो, जलविद्युत‍्‌का सेयर भाउ खस्किए



काठमाडौँ – सेयर बजार मापन गर्ने नेप्से परिसूचकमा ५६.०३ अंकको पहिरो गएको छ । एक दशमलव ७६ प्रतिशतले घटेर नेप्से ३१२४.८७ बिन्दुमा पुगेको हो ।

फाइनान्स र निर्जीवन बीमाबाहेक सबै समूहका परिसूचक ओरालो लागेपछि नेप्से खस्किएको हो । सबैभन्दा बढी जलविद्युत्‌ समूहको परिसूचक घटेको छ । जलविद्युत्‌ समूहको परिसूचक ६.२१ प्रतिशतले घटेको हो । विकास बैंक समूहका परिसूचक ३.९८ प्रतिशतले घटेको छ ।

२० कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ । यसरी गिरावट आउनेमा अधिकांश जलविद्युत्‌ क्षेत्रका कम्पनीहरू छन् । यसमा १४ कम्पनीको सेयर मूल्य घटेर सर्किट ब्रेकर नै लागेको थियो । यद्यपि गुर्खाज फाइनान्स र जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर भाउ भने बढेर सर्किट ब्रेकर लागेको छ ।

१६ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । एक लाख ५६ हजार नौ सय १३ पटकको कारोबारमा दुई करोड ५३ लाख कित्ता सेयर किनबेच भएको छ । अरुण भ्याली हाइड्रोपावरको सेयर कारोबार उच्च छ ।


प्रतिक्रिया दिनुहोस !