१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

चौतर्फी आलोचनापछि नेप्सेका सीईओ साउदले दिए राजीनामा



काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेर विवादमा तानिएका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन् ।

सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतिको नाममा सेयर किनेपछि विवादमा तानिएका सीईओ साउदलाई अर्थ मन्त्रालयले समेत स्पष्टीकरण सोधेको थियो ।

नियामक निकायमा बसेर ‘स्वार्थ बाझिने’ कार्य गरेको भन्दै उनीमाथि अनुसन्धान सुरु भएको थियो। साथै, अर्थ समितिमा उनलाई हटाउनुपर्ने माग उठेको थियो । उनलाई बर्खास्त गरेर अनुसन्धान गर्नुपर्ने सांसदहरुको राय थियो ।


प्रतिक्रिया दिनुहोस !