१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

एमाले केन्द्रीय कमिटी बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (बिहीबार) बस्दैछ । तुल्सीलाल प्रतिष्ठान च्यासलमा १२ बजे केन्द्रीय कमिटी बैठक बस्न लागेको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयाे ।

एमाले फुटेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा समाजवादी दर्ता भएपछि एमाले केन्द्रीय कमिटी बस्न लागेको हो । दुई दिनअघि तेस्रो धारका नेताहरुसहित बसेको स्थायी कमिटी बैठकले आजको बैठक तय गरेको हो । बैठकमा पार्टी विभाजनपछिको परिस्थितिको समीक्षा, पार्टीको आगामी रणनीति र दल अदलबदललाई कसरी रोक्ने भन्ने विषयमा रणनीति बनाइने कार्यसूची छ । त्यसैगरी संगठनात्मक विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

निर्वाचन आयोगले एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीलाई आधिकारिकता दिएको थियो । माधव नेपाल नेतृत्वको समाजवादीलाई एमालेका ५५ केन्द्रीय सदस्य र ३० सांसदले सघाएका छन् ।​


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय