४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

पदको लागि ओलीतिर लागेपछि सुदूरपश्चिममा आफ्नैले छोडे भीम रावललाई



काठमाडौं । सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालका उपाध्यक्ष नेता भीम रावलको बलियो पकड थियो । रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो । यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो ।

एमाले अध्यक्ष केपी ओलीको कटु आलोचक रावलले नेता माधव नेपालको साथ छोडेर एमालेमै रहने निर्णय गरेपछि रावललाई आफ्नो पकड सुदूरपश्चिम प्रदेशमा ठूलो धक्का लाग्ने देखिएको छ ।

सुदूरपश्चिम प्रदेशसभामा एमालेबाट निर्वाचित २५ सदस्य छन् । विगतमा सभामुखबाहेक २४ सांसदमध्ये १७ जना नेपाल पक्ष र सातजना ओली पक्षमा थिए । माधव पक्षमा रहेका १७ जना नै रावलनिकट थिए । ती मध्ये अधिकांश रावलको साथ छोडेर नेपाल पक्षमा खुलेका छन् । नेपाल पक्षमा रहेका १७ जना नै रावल निकट थिए। १७ जना मध्य अधिकांस सांसद रावलको साथ छोडेर नेपालको पक्षमा देखिएका छन्।

आफ्नै विश्वासपात्र र निकट मानिएकाले साथ छोडेर नेपालको पक्षमा उभिएपछि रावललाई धक्का महसुस भएको छ। अहिलेसम्म सुदूरपश्चिम प्रदेशका ३ सासंद मात्र नेपालको साथ छोडेर रावलको पक्षमा खुलेका छन्।

सुदूरपश्चिम प्रदेश सरकारमा रहेका ४ मन्त्री र ३ जना राज्यमन्त्री मध्य आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह मात्र रावलको पक्षमा खुलेका छन्। यसैगरि सांसद हर्क कुँवर रावलको पक्षमा उभिएमा छन् भने सासंद प्रकाश बहादुर रावल पनि रावलको पक्षमा उभिने संकेत गरेका छन्। केही सासंद अझै कतैतिर खुलेका छैनन्।

रावलका विश्वासपात्र पूर्वमन्त्री माया भट्ट, एमाले कैलालीका अध्यक्ष तथा भौतिक पूर्वाधार विकास मन्त्री दिर्घ सोडारी, पूर्वमन्त्री कृष्णराज सुवेदीले पनि रावलको साथ छोडेर नेपालको पक्षमा उभिएका छन्।

आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी पनि नेपालको पक्षमा खुलेकी छन्। भट्ट र जोशी नयाँ पार्टीको केन्द्रीय सदस्य बनेका छन्। रावलको गृहजिल्ला अछामका बलबहादुर सोडारीले उनको साथ छोडेका छन्।


प्रतिक्रिया दिनुहोस !