६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

देउवा-प्रचण्डबीच भेट, सरकारले चाँडै पूर्णता पाउँदै



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदारी दल नेकपा –माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । भेटका क्रममा सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको प्रचण्ड सचिवालयले जनाएको छ । ‘प्रधानमन्त्री र प्रचण्डबीच भेट भएको हो,’ प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले भनिन्, ‘उहाँहरुबीचको भेटमा सरकारलाई पूर्णता दिने विषयमा छलफल भयो । अब चाँडै सरकारले पूर्णता पाउँछ ।’

आफ्नो सत्तारोहणको मेरूदण्ड बनेका माधवकुमार नेपाललाई पर्खेर बसेका प्रधानमन्त्री देउवाले अब भने सरकारलाई पूर्णता दिने कामलाई तीव्रता दिएका छन् । नेपालले नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरिसकेपछि अब देउवाले नेपालसहितको मन्त्रिपरिषद् विस्तार गर्नेछन् । एकीकृत समाजवादीले सरकारमा जाने निर्णयसमेत गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !