४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

गृहमन्त्रीले लिए बाढी, पहिरो र डुवानबारे जानकारी



काठमाडौ  । लगातारको वर्षातका कारण गएको बाढी, पहिरो र डुवानबारे सम्बन्धित क्षेत्रका सशस्त्र प्रहरी बलका अधिकारी र प्रभावित चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिएका छन् ।

गृहमन्त्री खाणले प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी बलका प्रमुख (डिआइजीपी)हरूसँग बाढी, पहिरो र डुवानबारे  शनिबार बिहान जानकारी लिए ।

गृहमन्त्री खाणले नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी माया भट्ट्राई पंगेनी, नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी ध्रमेन्द्रकुमार मिश्र, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङ र बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई टेलिफोन गरी वर्षातपछिको अवस्थाबारे जानकारी लिए ।

मन्त्री खाणले अहिलेसम्मको कामको प्रशंशा गर्दै अझै वर्षात जारी रहेकाले पूर्वतयारी पूर्णरुपमा गर्न निर्देशन दिए । ‘अहिलेसम्म तपाईहरुले राहत, उद्धार र अस्थायी बसोबासको व्यवस्था गर्न गरेको काम सराहनीय छ,’ मन्त्री खाणले भने, ‘अब पूर्वतयारी पति त्यो भन्दा राम्रो गतीशीलताका साथ गर्नुहोला ।’

उनले मानिसको जीवन रक्षा र विपत्तिलाई सहजतामा ल्याउन उपलब्ध स्रोत र साधनको उपयोग गरी कुनै कसुर बाँकी नराख्नसमेत निर्देशन दिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय