१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

प्रदेश सांसद उप्रेती उपचारको लागि दिल्ली प्रस्थान



सर्लाहीबाट निर्वाचित प्रदेश २ का सांसद डिल्ली उप्रेती उपचारको लागि दिल्ली प्रस्थान गरेका छन्। मुत्रथैलीमा समस्या देखिएपछि उनी उपचारको लागि शुक्रबार दिउँसो भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका हुन्।

काठमाडौंको बीएण्डबी अस्पतालमा परीक्षण गराउँदा प्रोस्टेड नजिकै समस्या देखिएको उप्रेतीले बताए। ‘बीएण्डबीले उपचारको लागि भारत जान सल्लाह दियो,’ उप्रेतीले भने, ‘दिल्लीस्थित राजिब गान्धी मेमोरियल अस्पतालमा उपचार गर्ने सल्लाह भएको छ।’

नेकपा (एमाले) सर्लाहीका प्रभावशाली नेतासमेत रहेका उप्रेती गएको निर्वाचनमा सर्लाही ३ (क)बाट निर्वाचित भएका थिए। एमाले विभाजित हुँदा उनी अहिले माधव नेपालको नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) तर्फ खुलेका छन्।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय