७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

प्रगतिशील साहित्यकार आनन्ददेव भट्टको निधन



वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको ८५ वर्षको उमेर निधन भएको छ। सोमबार बिहान आफ्नै निवास काठमाडौंको कालिकास्थानमा भट्टको निधन भएको हो। साहित्यकार मातृका पोखरेलका अनुसार उनी विगत चारपाँच वर्षदेखि अल्जाइमर रोगबाट पीडित थिए।

प्रगतिशील लेखक संघका पूर्व अध्यक्षसमेत रहेका भट्टका अढाइ दर्जनजति कृति प्रकाशित छन्।

लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय भट्टले काव्य, खण्डकाव्य, संस्मरण, समालोचना, निबन्धलागयत विधाका कृति लेखेका छन्। उनका ‘साइँलीमैया’, ‘आमा बोलाउँछिन्,’ ‘९७ साल’ लागायत कृति लोकप्रिय छन्।

वि.सं. १९९० सालमा जुम्लामा जन्मिएका भट्टले नेपालको वामपन्थी कम्युनिष्ट आन्दोलनमा ठूलो गोगदान पुर्याएका पोखरेलले बताए।

भट्टको शव श्रद्धाञ्जलिका लागि बिहान केही समय पशुपति आर्यघाटमा राखिने छ। भट्टका श्रीमती र दुई छोरा छन्।


प्रतिक्रिया दिनुहोस !