१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

ग्रामीण ब्रोडब्याण्ड इन्टरनेट परियोजनाको काम ९१.८७ प्रतिशत सम्पन्न



काठमाडौं- नेपाल सरकारको ग्रामीण दूरसञ्चार पूर्वाधार विकासको योजना अनुरुप ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत २०७८ श्रावण मसान्तसम्म ९१.८७ प्रतिशत काम सम्पन्न भएको छ।

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने १८ ‌ओटा प्याकेजमध्ये १५ ओटा प्याकेजहरु मार्फत् ६० जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा १०० प्रतिशत काम सकिएको छ। यस्तै २ ओटा प्याकेज मार्फत् १० जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा ५० प्रतिशतभन्दा बढी काम सकिएर सेवा सञ्चालनमा आएको छ।

साथै एउटा प्याकेजमार्फत् ४ जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा नेटवर्क तथा कनेक्टिभिटी जडानको ३० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ।

सम्पन्न भएका परियोजनाहरु मध्ये हालसम्म ६ वटा परियोजनाको अनुगमन तथा प्रमाणीकरणको काम सम्पन्न भइसकेको छ। त्यस्तै २ ओटा परियोजनाहरुको प्राधिकरणबाट नियुक्त परामर्शदाताहरुबाट पहिलो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको काम भइरहेको छ।

२ ओटा परियोजनाहरुको दोस्रो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको काम भइरहेको छ। त्यस्तै एउटा परियोजनाको तेस्रो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको काम भइरहेको प्राधिकरणको प्रगति विवरणमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !