८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

काठमाडौं उपत्यकामा भदौ मशान्तसम्म विद्यालय खोल्न नपाइने



काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ मशान्तसम्मका लागि थप गरिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बुधवार बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको समयमा गर्न नपाइने कार्यहरू जारी निषेधाज्ञामा भएकै प्रावधानलाई निरन्तरता दिइएको छ। यस अवधिमा विद्यालयलगायत सम्पूर्ण शैक्षिक संस्थाहरू खोल्न नपाइने बताइएको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विद्यालय हिजोदेखि खोल्ने निर्णय गरी सञ्चालन गरेपनि प्रशासनले बन्द गर्न निर्देशन दिएको थियो । कोरोना संक्रमणमा उल्लेख्य कमी नदेखिएको तथा स्वास्थ्यविदहरूले तेस्रो लहरको चेतावनी दिइरहेको बेला उपत्यकामा शैक्षिक संस्थाहरू भौतिक रूपमा सञ्चालन गर्न पूर्ण रोक लगाइएको छ ।


प्रतिक्रिया दिनुहोस !