१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सहसचिव राजकुमार श्रेष्ठ सचिवमा बढुवा, दुई उपसचिवहरु अर्याल र ओली बने सहसचिव



काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद बैठकले तीन निजामती कर्मचारीको बढुवा गरेको छ ।

सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सहसचिव राजकुमार श्रेष्ठ सचिवमा बढुवा भएका छन् । हाल उनी निर्वाचन आयोगको प्रवक्ता छन् ।

यस्तै सरकारले परराष्ट्र मन्त्रालयका दुई उपसचिवहरु कृष्णचन्द्र अर्याल र धनबहादुर ओलीलाई सहसचिवमा बढुवा गरेको कार्कीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !