८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

काँक्रो खानुका १० भन्दा बढी फाइदा, क्यान्सरसँग लड्नदेखि र गिजाको समस्या समाधान



गर्मी मौसममा काँक्रो सजिलै पाइन्छ । पानीको मात्रा प्रशस्त हुने काँक्रोको सेवनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ । काँक्रो सलाद तथा अचारको रूपमा पनि प्रयोग गरिन्छ ।

यसमा भिटामिन ए, बी वान, बी सिक्स, सी, डी, पोटासियम, फस्फोरस , आइरन आदि प्रशस्त मात्रामा पाइन्छ । यसबाहेक काँक्रोमा कार्बोहाइड्रेट, क्याल्सियम, फलाम, सल्फर प्राप्त गर्न सकिन्छ। यसमा पानीको मात्रा झण्डै ९४ देखि ९६ प्रतिशतसम्म हुन्छ।

यसले शरिरमा पानीको मात्रा कम हुने समस्याबाट टाढा राख्छ । यसमा ‘इरेप्सिन’ नामक एम्जाइम हुन्छ जुन प्रोटिनले पचाउन सहयोग गर्छ । नियमित रूपमा काँक्रो खाँदा स्वास्थ्यका लागि निकै लाभदायक हुने विज्ञहरूले पनि बताउने गरेका छन् ।

– महिनावारी अनियमित तथा गडबडी भएका बेला पनि काँक्रोको सेवन गर्नुपर्छ।

– शरिरमा पानीको मात्रा कम हुने समस्याबाट टाढा राख्छ ।

– काँक्रोले शीतलता प्रदान गर्ने भएकाले पनि यसको प्रयोग गर्मी मौसममा बढी गरिन्छ।

– काँक्रोले फियो र पाचनथैलीलाई कमजोर हुनबाट बचाउछ ।

– काँक्रो एन्टिअक्सिडेन्टले हुने भएकाले रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ ।

– काँक्राको टुक्राले आँखामा राखेमा रातोपना र सुन्निएको कम हुन्छ ।

– यसको सेवनले मुख र गिजाको समस्या समाधान गर्छ ।

– उच्चरक्तचाप भएकाले पनि काँक्राको नियमित सेवन गर्दा फाइदा हुन्छ।

– काँक्रोमा पाइने तत्वहरुले क्यान्सरसँग लड्न सहयोग पुर्याउछ ।

– यसमा पाइने फाइबर र पानीले खाना पचाउछ ।

– काँक्रो मधुमेहका बिरामीहरुका लागि पनि फाइदाजनक हुन्छ ।

– काँक्रोको नियमित सेवनले कोलेस्टेरोलको मात्रा सन्तुलित राख्दछ।


प्रतिक्रिया दिनुहोस !