१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

तुइन घटना : सत्यतथ्य सार्वजनिक गर्न एमालेको माग



नेकपा एमालेले जयसिंह धामी बेपत्ता भएको तुइन घटनाका सम्बन्धमा बुझाइएको प्रतिवेदन अस्पष्ट रहेकाले सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ । एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै घटनाका सम्बन्धमा प्रतिवेदन बुझाइएकोले त्यससम्बन्धी सत्यतथ्य सार्वजनिक गर्न माग गर्नुभएको हो ।

उहाँले दोषीलाई कारवाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न मागसमेत गर्नुभयो । धामीका सम्बन्धमा गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजत्वमा गठित छानविन समितिले यही १५ भदौमा गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको थियो ।


प्रतिक्रिया दिनुहोस !