१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

आजदेखि औपचारिक रुपमा कांग्रेसको १४ औं महाधिवेशनमा शुरु



काठमाडौं । नेपाली कांग्रेस औपचारिक रुपमा १४औं महाधिवेशनमा प्रवेश गरेको छ । शुक्रबारदेखि वडा अधिवेशन सुरु गरेर कांग्रेसमा महाधिवेशनको प्रक्रिया सुरु भएको हो । वडा अधिवेशनबाट सुरु भएर सात चरणमा हुने महाधिवेशनको प्रक्रिया केन्द्रीय पदाधिकारीको निर्वाचनसँगै सम्पन्न हुनेछ । केन्द्रीय महाधिवेशन मंसिरको ९ देखि १३ गतेसम्म काठमाडौँमा हुनेछ ।

क्रियाशील सदस्यताको विवरण टुंगो लागेका ५६ जिल्लामा समयमै गाउँ र नगर अधिवेशन सुरु गर्न केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रतिनिधि परिचालन गरेको छ । कतिपय गाउँ र नगर वडामा सर्वसम्मत प्रतिनिधिहरूको चयनका लागि सहमति बनिसकेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए । क्रियाशील सदस्यता टुंगो लागेको ५६ जिल्लाका अधिकांश वडामा अधिवेशन सुरु हुने शर्माको भनाइ छ ।

अझै २१ जिल्लाका क्रियाशीलको विवरण सार्वजनिक भएको छैन । विवादका कारण ती जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक पनि भएको छैन । वडा अधिवेशनको मितिसम्म पनि क्रियाशीलको विवाद नटुंगिएपछि ती जिल्लाको वडा अधिवेशन अनिश्चित बनेको छ ।


प्रतिक्रिया दिनुहोस !