१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

भारतीय हस्तक्षेपको बिरोधमा प्रधानमन्त्री मोदीको पुत्ला दहन



काठमाडौँ – जयसिंह धामी र भारतले गरेको हस्तक्षेपका विरूद्ध रत्न राज्य (आर आर) क्याम्पस अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । नेकपा एकीकृत समाजवादीसम्वद्ध विद्यार्थीहरुले प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेको हो ।

जयसिंह धामीको विषयमा सरकारले उपयुक्त कदम नचालेको भन्दै उनीहरु आक्रोशित छन् । प्रदर्शनकारीहरुले भारतलाई कूटनीतिक नोट पठाउने काम समेत नगरेको भन्दै सरकारको पनि आलोचना गरेका छन् । उनीहरुले जयसिंह धामीलाई न्याय दे, सीमा अतिक्रमण बन्द गर, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए ।

१५ साउनमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुनइको तार काटिदिँदा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी महाकाली नदीमा बसेका थिए । घटनाबारे छानविन गर्न बनाएको समितिले हालै बुझाएको प्रतिवेदनमा पनि एसएसबीको उपस्थितिमा घटना भएको उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !