१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

नेपाल प्रहरीका ४ एआईजीको सरुवा



काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा भएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गरेको हो ।

यसअघि केपी ओली सरकारले गरेको सरुवा गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा कार्यान्वयनमा आएको थिएन। एआईजी विश्वराज पोखरेल प्रहरी प्रधान कार्यालय कार्य तथा अपराध अनुसन्धान विभागबाट मानवस्रोत तथा प्रशासन विभाग प्रमुखमा र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज प्रमुख एआइजी प्रद्युम्न कार्कीलाई कार्य विभाग प्रमुखमा सरुवा भएका छन् ।

त्यस्तै, एआईजी निरज शाही प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज प्रमुखमा र एआईजी सहकुल थापालाई अपराध अनुसन्धान विभागमा सरुवा भएका छन् । एआईजी हरिबहादुर पाललाई महानगरीय प्रहरी कार्यालय रानी पोखरी प्रमुखको जिम्मेवारी तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस !