१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

प्रदेश–२ मा एमालेभन्दा ठूलो दल बन्यो एकीकृत समाजवादी



काठमाडौं । प्रदेश–२ मा नवगठित नेकपा (एकीकृत समाजवादी) संसदमा नेकपा एमालेभन्दा ठूलो दल बनेको छ । एमालेसँग प्रदेश सभामा एमालेका २१ सांसद थिए । तीमध्ये ११ जनाले हिजो एकीकृत समाजवादीको पक्षमा सनाखत गरेपछि एमाले १० सिटमा खुम्चिएको हो ।

जनकुपरस्थित निर्वाचन आयोगको कार्यालयमा १० जना उपस्थित भएर समाजवादीको पक्षमा सनाखत गरेका थिए भने दिल्लीमा उपचाररत सांसद डिल्लीप्रसाद उप्रेतीले दूतावासमार्फत् चिठी पठाएर समाजवादीका पक्षमा सनाखत गर्नुभएको थियो ।

प्रदेश सांसदहरू शत्रुधन महतो, मञ्जु यादव, चन्द्रसेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादवले एकीकृत समाजवादी रोजेका छन् । यसअघि नेपाल समूहमा खुलेका सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले सनाखत गरेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय