१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

गम्भीर राष्ट्रघातको गृहकार्यमा देउवा सरकार, एमसीसीका बारेमा अमेरिकालाई पठायो पत्र



काठमाडौं । सरकारले अमेरिकी पूर्वाधार परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) पारित गर्ने गृहकार्यअन्तर्गत केही अस्पष्ट विषयमा प्रष्ट गर्न अमेरिकालाई पत्र लेखेको छ । सरकारले अमेरिकी दूतावासमार्फत एमसीसीको कन्द्रीय कार्यालयलाई पत्र लेखेको हो । एमसीसीका उपाध्यक्ष नेपाल आउने पूर्वसन्ध्यामा नेपालले अस्पष्ट बुँदा प्रष्ट गर्न भन्दै पत्र लेखेको हो । सम्झौतामा प्रष्ट नभएका कतिपय बुँदाबारे अर्थ मन्त्रालयले एमसीसीलाई पत्राचार गर्दै जवाफ मागेको हो ।

अर्थ मन्त्रालयले एमसीसीका ११ वटा मुख्य र अरु सहायक बुँदाबारे प्रष्ट पार्न भन्दै पत्र लेखेको हो । एमसीसी इन्डो–प्यासिफिकको हिस्सा भए नभएको, एमसीसीसँग नेपालको सुरक्षा रणनीति जोडिएको वा नजोडिएको भन्ने जिज्ञासा सरकारको छ । यसैगरी, परियोजनाको लेखापरीक्षण हुने स्थान तथा एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि हो वा होइन भन्ने प्रश्न पनि छ । एमसीसी उपाध्यक्ष फतिमा सुमार बिहीवार काठमाडौं भ्रमणमा आउनुपूर्व सरकारले अस्पष्ट विषयमा जवाफ मागेको हो ।

एमसीसी नेपाली सुरक्षा र सार्वभौमिकतामाथि नै खतरा हुनसक्ने भन्दै सत्ता गठबन्धन कै केही दलका नेताले यसअघि संशोधन बिना पारित गर्न नसकिने भन्दै आएका थिए । भने एमसीसी विरुद्ध सडकमा विरोध प्रदर्शन भईरहेका छन् । हिजो मात्रै अमेरिकी दुतावास अगाडी एमसीसीको विरोधमा उत्रिएका युवाहरुलाई पक्राउ गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय