१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

टि–सिरिजको हिन्दी गीतमा स्मिताको फड्काे



काठमाडौं । गायिका स्मिता दाहाल यतिबेला निकै खुसी छिन् । हिन्दी भाषामा गीत गाउने आफ्नो सपना पूरा भएको यी गायिकाको कथन छ । शुक्रबार मात्र रिलिज भएको त्यो गीतले दर्शकको राम्रो प्रतिक्रिया पाउँदा उनमा अहिले खुसीको सिमा छैन ।

भारतको प्रतिष्ठित कम्पनी टि–सिरिजबाट उनले गीत गाउने अबसर पाएकी हुन् । टि– सिरिजले स्मिताको नयाँ गीत ‘इबादत बन गए हो…’ लाई ‘पप चार्टबस्टर्स’ च्यानलबाट शुक्रबार रिलिज गरेको छ । इबादत बन गए हो’ रिलिज भएको छ । यो गीतमा स्मिताले बलिउड गायक सबाब सबरीसँग युगल स्वर दिएकी छन् ।

‘जलते दिए, हुँड हुँड दबंग, राधा नाचेगीसहित कैयौं हिट गीत गाएका सबरीसँग पहिलोपटक सहकार्य गर्न पाउँदा निकै कुरा सिक्ने अवसर पाएको पनि यी गायिकाको कथन छ । स्मिताले बाल गायिकाको रूपमा करिअर सुरु गरेकी हुन् । १२ वर्षको उमेरमै पहिलो गीत रेकर्ड गराएकी उनले आफ्नो स्वरमा दुई दर्जनभन्दा बढी सफल गीतरूप पस्किसकेकी छन् ।

उनले केही नेपाली चलचित्रमा समेत गीत गाइसकेकी छन् । गायन यात्रा सुरु गरेको ८ वर्षमै उनको फड्को भारतको टि–सिरिजसम्म पुगेको छ । नयाँ कलाकारलाई गायनमा स्थान दिने टि–सिरिजले यसपटक स्मितालाई यो गीतमा अवसर दिएको छ । यो गीत रोमाञ्चकारी छ । गीतमा गायक सबरी स्वयंको संगीत र केआर वाहीको शब्द रचना रहेको छ ।

स्मिताको टि–सिरिजसम्मको यात्रामा नेतृ पुनम यादवको ठूलो हात छ । स्मिता र सबरीले युगल स्वरमा गाएको यो गीतको भिडियोमा पनि पुनमले लगानी गरेकी छन् । पुनमको भनाइमा स्मिता नयाँ पुस्ताको प्रभावशाली गायिका हुन् । नेपालमा पनि यति राम्रा गायिका रूप छन् भन्ने कुरा यो गीतले सम्पूर्ण हिन्दीभाषी दर्शकलाई जानकारी गराउने दाबी पुनमको छ ।
यस्तो गायिका अन्तर्राष्ट्रिय क्षेत्रमा जानुपर्छ भनेर आफूले स्मिताको गीतमा लगानी गरेको पुनमले बताएकी छन् । यो गीतको भिडियोमा पुनमले स्मिता आफैंलाई अभिनय गराएकी छन् । भारतीय टेलिभिजनका चर्चित अभिनेता अर्ज‘न बिज्लानी र स्मिता भिडियोमा जोडी बनेर प्रस्तुत भएका छन् । गीतको भिडियोमा भारतको देहरादुनको मसुरी र उत्तराखण्डको ऋषिकेशमा छायांकन गरिएको हो ।

भिडियोका निर्देशक राजीव एस. रुया हुन् । २ सयभन्दा बढी भारतीय गीतको भिडियो निर्देशन गरेका रुयाले स्मितासँग उनका अरू गीतको भिडियोमा पनि काम गर्ने चाहना व्यक्त गरेका छन् । नेपाली राजनीतिमा समेत सक्रिय रहेकी निर्मात्री यादव भन्छिन्, ‘नेपालका प्रतिभावान् कलाकारलाई विश्वमाझ चिनाउन आफू मनोरञ्जन क्षेत्रमा आएको यादवको भनाइ छ ।

अब आफूले निरन्तर गीत र भिडियो निर्माण गरेर नेपाललाई विश्वमा चिनाउने बताएकी छन् । आफू नेपालको मधेसी समुदायको चेली भएकाले स्मिता मात्र हैन, नेपाली मधेसी समूहका अरू चेलीलाई पनि गीत संगीतबाट अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने पुनम यादवले बताएकी छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय