८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

केकी अधिकारीकाे पुरूषलाई प्रश्न : हामी किन मानव हुन चुक्याै ?



काठमाडौं । चिटिक्क परेको अनुहार, गोरो छाला, अग्लो पनि हैन होचो पनि हैन । ठिक्कको कद, छमछमी नाँच्न जानेकी र अभिनय पनि थोर बहुत गर्न सक्ने । यत्ति गुण भए पुग्थ्यो । नेपाली सिनेमामा नायिकाका लागि न्युनतम योग्यता यति नै थियो कुनै बेला ।

मनोरञ्जनका साधन सिमित भएको समयमा यति नै गुण भएका महिलाहरुले सिनेमा मार्फत करिअर चम्काए पनि । तर, अहिले पहिला जस्तो सजिलो छैन । नेपाली फिल्म उद्योगमा आउने कुनै पनि कलाकारले नाँचेर, गाएर वा अभिनय गरेर मात्रै करिअर सुरक्षित गर्न सक्दैन । दर्शकहरुले यति धेरै अपेक्षा गर्न थाले ‘उ कुन युनिभर्सिटीबाट आएको हो ।’ भनेर समेत चासो राख्न थालेका छन् । उसले समाजिक सञ्जालमा पोष्ट गर्ने स्टाटसको आधारमा दर्शकले कलाकारको ग्रेडिङ गर्न थालेका छन् ।

आजका मितिसम्म दर्शकहरुले कुनै अभियोग लगाउन नसकेको कलाकारका रुपमा चिनिन्छिन् केकी अधिकारी । अरुका कुरा छाडौं ‘युट्युबर’ले समेत केकीका चरित्रमा प्रश्न गर्ने हिम्मत गरेका छैनन् । यसकारण उनी अब्बल छिन् । सामाजिक सञ्जाल मार्फत ब्यक्त उनका अभिब्यक्तिले पनि उनको कद उचोँ बनाएको छ ।

अहिले केकी एउटा कविताका कारण चर्चित छिन् । युट्युबमा सार्वजनिक केकीका कबिता अहिले एकथरि दर्शक/स्रोताका विचमा चासोको विषय बनेको छ । केकीकै शब्द, स्वर र अभिनय गरेको ‘ए पुरुष’ शीर्षकको कविता अहिले बौद्धिक बहसको विषय बनेको छ । महिला हिंसाबिरुद्ध शब्दहरु मार्फत समाजलाई झक्झक्याउदै आएकी केकीले यसपाली कविता मार्फत आवाज बुलन्द पारेकी छिन् ।

त्यसो त समाजका हरेक बिसंगति बिरुद्ध केकी प्रश्न उठाउछिन् । सामाजिक,राजनितिक बेथितीका बिरुद्ध प्रश्न गर्ने केकीलाई दर्शकहरु यसकारण पनि मन पराउछिन् ‘किनकी उनीसंग थिचो मिचोमा परेकाहरु विरुद्ध प्रश्न गर्ने सामथ्र्य छ ।

बुधबार अधिकारीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियो कुञ्च थिएटरमा छायांकन गरिएको हो । स्रद्धा प्रसाईंले गरेकी छिन् ।

केकीले यो कविता हरेक दिन महिला हिंसा खेपिरहेका र यसविरुद्ध लडिँरहेका पीडित तथा अभियन्ताहरुलाई समर्पित गरेकी छन् ।

‘माफ गर्नुहोला, हामी एउटा असल समाज र राष्ट्र बनाउनमा सधैँ चुकिरह्यौँ। सबैभन्दा धेरै मानव हुन सधैँ चुकिरह्यौँ’ उनले भनेकी छिन् र, याे कवित नियत खराब राख्ने पुरूषहरूप्रति उनकाे प्रश्न पनि हाे ।

प्रतिक्रिया दिनुहोस !