१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

दैलेखकी १९ वर्षीया किशोरी कांग्रेसको वडा सभापतिमा निर्वाचित



१९ वर्षीया किशोरी नेपाली कांग्रेसको वडा सभापितमा निर्वाचित भएकी छन् । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत दैलेखको दुल्लु नगरपालिका- ३ मा १९ वर्षीया किशोरी स्वस्तिकाकुमारी महत वडा सभापतिमा निर्वाचित भएकी हुन् । उक्त वडामा शुक्रबार अधिवेशन भएको थियो ।

युवाहरुलाई राजनीतिमा स्थान दिनुपर्छ भन्ने मान्यता राख्ने पार्टी भएकाले महत वडा सभापतिमा निर्विरोध निर्वाचित भएको कांग्रेस दैलेखका नेता तथा दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताए ।

वडा सभापतिमा निविरोध निर्वाचित भएकी स्वस्तिका नेपाली कांग्रेस दैलेखका स्वर्गीय नेता भुपेन्द्रजंङ्ग महतकी छोरी हुन् । १९ वर्षीया किशोरी वडा सभापति बनेपछि विपक्षी दललेसमेत प्रशंसा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !