१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

निजामती ऐन छिटो ल्याउन माग गर्दै काठमाडौंमा प्रदर्शन



काठमाडौं । निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याएर निजामती प्रशासनलाई थप व्यवस्थित र चुस्त बनाउनुपर्ने भन्दै स्वतन्त्र निजामती कर्मचारी अभियान संघर्ष समितिले प्रदर्शन गरेको छ । ‘निजामती सेवा ऐन खै ’ भन्दै संघर्ष समितिले अभियानका रुपमा काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो । यसअघि समायोजन ऐन ल्याएर आफूहरुलाई विभिन्न स्थानमा पठाएको र अन्यौलमा पठाएको भन्दै समायोजन ऐन सच्चाएर निजामती सेवा ऐन ल्याउनुपर्ने उनीहरुको माग छ ।

कर्मचारी अभियान संघर्ष समितिका संयोजक पशुपति पोखरेलले निजामती कर्मचारीको समस्या समाधानका लागि ध्यानाकर्षण गराउन अभियान चलाएको बताए । उनले निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याउनुपर्ने आफूहरुको माग रहेको जानकारी दिए । यसअघि शनिबार नै नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याउने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय