७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

१५ दिन संयुक्त बजार अनुगमनलाई व्यवस्थित गर्ने कार्ययोजना बनाउन उद्योग मन्त्रालयलाई निर्देशन



काठमाडौं । सरकारले संयुक्त बजार अनुगमनलाई व्यवस्थित गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्य निकायको समन्वयमा विस्तृत कार्ययोजना बनाएर १५ दिन भित्र पेश गर्न निर्देशन दिएको छ । मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा सिंहदरबारमा आइतबार बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले यस्तो निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

बैठकले हरेक वर्ष चाडपर्वलाई लक्षित गरेर सञ्चालन गर्दै आएको सुपत मुल्य पसल यस वर्ष असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय पनि गरेको छ । विगतका वर्षमा झै यस वर्षका प्रमुख चाडपर्वमा पनि अत्यावश्यक उपभोग्य वस्तु सहज तथा सर्वसुलभ रुपमा उपलब्ध गराउन सुपथ मुल्य पसल असोज १ गतेदेखि छठ पर्वपछिको एक हप्तासम्म सञ्चालन गर्ने व्यवस्था मिलाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपषिद् कार्यालयका प्रवक्ता समेत रहेका सहसचिव कृष्णबहादुर रावतले जानकारी दिए ।

त्यसैगरी चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायातको भाडा दर, यात्रुसिट क्षमताका आधारमा अनलाईन टिकेटिङ र कोभिडसम्बन्धी स्वास्थ्य मापदण्डको पालना गरी सहज यात्रा व्यवस्थापन लगायतका कार्य भौतिक पूर्वाधार तथा याताया मन्त्रालय र गृह मन्त्रालयलाई प्रमुख जिल्ला अधिकारीमार्फत मिलाउन पनि निर्देशन दिएको छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुद्रा तहका व्यवसायीलाई खोल लगाउने सूचीमा प्राथमिकता दिने निर्णय भएको पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !