१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

धेरै पटक लोक सेवा दिएर पनि किन असफल भइन्छ ?



काठमाडौँ । अनुभवका लागि लोक सेवा परिक्षा दिनेहरु सफल हुन सक्दैनन् । कतिपय विद्यार्थीहरु लोक सेवालाई हाउगुजीको रुपमा लिन्छन् । र परिक्षाको तयारीदेखि नै लोक सेवाको डरले थिचिन्छन् ।

लोक सेवा पास हुन धेरै गाह्रो छ, कडा प्रतिस्पर्धा हुन्छ, थोरै विद्यार्थीमात्र पास हुन्छ, पास गर्न सक्दिन भन्ने सोच्छ राख्दा विद्यार्थी पहिले नै हतोत्साहित हुन्छन् ।

दवावमा पढ्दा सेलेवस अनुसार जति पढ्नुपर्ने हो, त्यो भन्दा धेरै पढ्छन् । अनावश्यक कुराहरु पनि कण्ठ गरेर बस्छन् । किताव घोकेर हुँदैन । व्यवहारिक भएर प्रश्नको उत्तर दिनुपर्छ । घोकाइको ज्ञानले लोक सेवालाई काम गर्दैन ।

तर पाठ्यक्रम अनुसार विषयवस्तुको गहिराई बुझियो र परिक्षालाई सहज रुपमा लिइयो भने सफल हुन सकिन्छ ।

लोकसेवामा कसरी लेख्ने ?

  • प्रश्नपत्र पाएपछि प्रश्नले के खोजिरहेको छ भन्ने प्रष्ट हुने ।
  • सबैभन्दा पहिला प्रश्नले खोजेको विषयवस्तुको परिचय दिने ।
  • परिचयपछि मुलभुत विषयहरुलाई बुँदागत रुपमा लेख्ने । १० नम्बरको प्रश्न हो भने १५ देखि २० वटासम्म मुख्य बुँदाहरु लेख्नुपर्छ ।
  • अन्तिममा सारांश लेख्ने । सारांश पढेपछि मात्र प्रश्नपत्र जाँच्नेले नम्बर दिने भएकाले सारांशमा गहन कुरा लेख्नुपर्छ । जुन सारांशले कापी जाँच्ने व्यक्तिको मनोविज्ञानमा सकारात्मक असर परोस् ।


प्रतिक्रिया दिनुहोस !