१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

काठमाडौंमा असोज १ गतेदेखि विद्यालय खुल्ने



काठमाडौँ । काठमाडौं जिल्लामा असोज १ गतेदेखि विद्यालयहरु खुला हुने भएका छन् ।

सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसहित उपत्यकाका स्थानीय तहका शिक्षा समितिका अधिकृत, जिल्ला शिक्षा एकाइ प्रमुख र अभिभावक संघका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार विद्यालय सञ्चालन गर्दा तोकिएबमोजिम अनिवार्य रुपमा स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने छ । विद्यालयले स्वास्थ्य प्रोटोकल पालना गरे नगरेको अनुगमन गरिने छ ।

कोरोना संक्रमणको दर कम हुँदै गएपछि विभिन्न स्थानमा विद्यालयहरु खुला भएका छन् ।


प्रतिक्रिया दिनुहोस !