१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

४० जना कर्मचारीलाई पुरस्कृत गर्ने मन्त्रिपरिषद्को बैठकको निर्णय



काठमाडौं । सरकारले निजामती सेवा दिवसका सन्दर्भमा ४० जना कर्मचारीहरुलाई पुरस्कृत गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यसवर्षको निजामती सेवा दिवसका अवसरमा मंगलबार ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।                                                                                                                                  मंगलबार ‘व्यवसायिक र सिर्जनशील प्रशासन : विकास, संमृद्धि र सुशासन’ भन्ने नारासहित निजामती सेवा मनाइदैछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोभिड १९ रोगको महामारी फैलिरहेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी आ–आफ्नै कार्यालयमा सम्भव हुने कार्यक्रममात्रै गरेर दिवस मनाउन आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस !