७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

संशोधन नभई एमसीसी पारित हुन्न : प्रचण्ड



काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संशोधन नभई संसदले पास नगर्ने बताएका छन् ।

मंगलबार पार्टी सम्वद्ध योङ कम्युनिस्ट लिग (वाईसीएल)को केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी सम्झौता संशोधन हुनुपर्ने बताएका हुन् ।

एक सहभागीका अनुसार अध्यक्ष प्रचण्डले सम्बोधन गर्दा एमसीसीबारे केही बोलेका थिएनन् । तर बैठकमा सहभागीहरुले एमसीसीबारे के हो भनेर पार्टीको धारणा मागेपछि प्रचण्डले फेरि सम्बोधन गरेका हुन् । उनले भने, ‘संशोधनका लागि कूटनीतिक पहल भइरहेको छ । संशोधन नभई पारित हुँदैन ।’

एमसीसी सम्झौता लामो समयदेखि संसदमा विचाराधीन छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय