१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

प्रदेश जनलोकपाल आयोगको गठन



प्रदेश २ सरकारले आर्थिक अनुशासन तथा सुशासन बहाल गर्न प्रदेश जनलोकपाल आयोग गठन गरेको छ। प्रदेश २ मा बढ्दो अनियमितताको तथ्यांकले आलोचित प्रदेश सरकारले आलोचना मत्थर पार्न जनलोकपाल आयोग गठन गरेको हो।

अध्यक्षसहित तीन सदस्यीय रहेको उक्त आयोगमा नवनियुक्त राम सहाय यादवको अध्यक्षतामा गठित जनलोकपाल आयोगको सदस्यहरू शोभा महतो र राजकिशोर साहलाई मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको सपथ गराएका छन्। सपथग्रहण कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोजकुमार यादव, उपसभामुख उपमा देव, प्रमुख सचिव हरिप्रसाद मैनालीसहित प्रदेश सरकारका सचिवहरू उपस्थित थिए।

आयोगका नवनियुक्त पदाधिकारीहरुले ग्रामीण प्रशिक्षण केन्द्र मुजेलियास्थित आयोगको कार्यालयमा पदभार ग्रहण गरेका छन्।


प्रतिक्रिया दिनुहोस !