१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

टाउकोको ५९ अर्ब मुल्य तोकिएका सिराजुद्दिन बने अफगानिस्तानको गृहमन्त्री



काबुल । २० वर्षपछि अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि नै दोस्रो पटक तालिबानले अफगानिस्तानमा मंगलबार साँझ औपचारिक रूपमा आफ्नो सरकार घोषणा गरेको छ । तालिबान एक घोषित आतंकवादी संगठन हो, त्यसैले प्रस्ट थियो– उसको सरकारमा आतंककारी व्यक्तिले नै स्थान पाउनेछन्, नभन्दै पाए पनि । तीमध्ये एक जनाको नाम र उनले पाएको जिम्मेवारी सुन्दा अमेरिका र विश्व नै आश्चर्यमा पर्नेछन् ।

त्यो नाम हो– सिराजुद्दिन हक्कानी । उनी तालिबान सरकारमा गृहमन्त्री बनेका छन् । उनी ती व्यक्ति हुन्– जसको टाउकोमो मूल्य अमेरिकाले ५० लाख डलर ९नेपाली रुपैयाँ झण्डै ५९ करोड २० लाख० घोषणा गरेको छ । सिराजुद्दिन र उनका पिताले सन् २००८ मा काबुलमा भारतीय दूतावासमा पनि आक्रमण गरेका थिए । जसमा ५८ जना मारिएका थिए । सन् २०११ मा अमेरिकाको ज्वइन्ट चिफ्स अफ स्टाफका जनरल रहेका माइक मुलेनले हक्कानी नेटवर्कलाई पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआई को दाहिने हात भनेका थिए ।


प्रतिक्रिया दिनुहोस !