८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

नेपाल प्रहरीमा जवानका लागि यी ५२२७ जनाले निकाले नाम



काठमाडौं– नेपाल प्रहरीको जनपथ तर्फको जवानहरुको नतिजा प्रकाशन भएको छ ।

नेपाल प्रहरीको मानव स्रोत एवं प्रशासन विभागले २०७७ साल असोज ३० गते प्रकाशित विज्ञापनअनुसार यही भदौको पहिलो साता भएको अन्तरवार्तामा छनौट भएका उम्मेदवारहरुको नामावली प्रकाशित गरेको हो । परिक्षामा सहभागी भएका मध्ये ५ हजार २ सय २७ जना उत्तीर्ण भएका छन् भने खुलातर्फ ४२३ जना वैकल्पिकमा परेका छन् ।

त्यस्तै समावेशी महिलातर्फ ६९ जना र आदिवासी जनजातीतर्फ १११ जना वैकल्पिकमा परेका छन् ।

त्यस्तै समावेश मधेसीमा ९७ जना, दलितमा ५२ जना र पिछडिएको क्षेत्रमा १७ जना वैकल्पिकमा नाम प्रकाशित गरिएको छ ।

उत्तीर्ण भएका उम्मेदवारलाई आगामी असोज ६ गतेका दिन सम्बन्धित परिक्षा केन्द्रहरुमा आफ्नो सक्कल नागरिकता, प्रमाण पत्रहरुका साथै प्रवेशपत्रसहित उपस्थित हुनका लागि सूचना जारी गरेको छ ।

नामावली हेर्न यहाँ क्लिक गर्नुहोस-


प्रतिक्रिया दिनुहोस !