१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

बालुवाटारमा सत्ता गठबन्धन र मन्त्रिपरिषदको बैठक बस्दै



काठमाडौं । मन्त्रिपरिषद विस्तार र एमसीसी लगायतका विषयमा छलफल गर्न सत्तापक्षीय ५ दलीय गठबन्धनको बैठक बालुवाटारमा बोलाइएको छ । । शुक्रबार विहान ९ वजे सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठक  प्रधानमन्त्रीको सरकारी बालुवाटारमा बस्न लागेको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा मन्त्रिपरिषद विस्तार र एमसीसीका सन्दर्भमा छलफल हुनेछ । विहीबार पनि गठबन्धनका शीर्ष नेताबीच उक्त छलफल भएको थियो ।

मन्त्रिपरिषद् विस्तार, एमसीसी र संसदलाई कसरी सशक्त बनाउने भन्नेबारे सत्ता गठबन्धनमा छलफल भइरहेको छ । सरकार बनेको दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषदले पूर्णता पाएको छैन । यता संसदबाट एमसीसी अनुमोदन गर्ने विषयमा सत्तारुढ दल नै विभाजित भएको अवस्था छ । काँग्रेस र जसपा एमसीसी पास गर्ने पक्षमा छन् भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी विपक्षी देखिएका छन् ।

साथै सभामुख अग्निप्रसाद सापकोटासँग असन्तुष्ट रहेको नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएको थियो । आजको बैठकमा यी विषयको निकासका सन्दर्भमा छलफल हुने एक नेताले बताए ।

 आजै दिउँसो मन्त्रिपरिषद बैठक पनि बस्ने भएको छ । गठबन्धनको बैठक सकिएपछि पौने १२ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।


प्रतिक्रिया दिनुहोस !