१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

एमालेको नाराबाजीका बीच बजेटसम्बन्धी अध्यादेश स्वीकृत



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच सरकारले बजेटसम्बन्धी अध्यादेश स्वीकृत भएको छ । यससँगै उक्त अध्यादेश संसदको सम्पत्ति बनेको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश स्वीकृतिका लागि पेश गरेका थिए ।

प्रतिनिधि सभा बैठकले ती अध्यादेशहरू बहुमतले स्वीकृत गरेको हो । अध्यादेशहरू स्वीकृत भएसँगै प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगित भएको छ । एमाले सांसदको नाराबाजी छल्दै अर्थमन्त्री जनार्दन शर्मा रोस्ट्रममा पुगेर अध्यादेश स्वीकृतिका लागि पेश गरेका थिए । नेकपा एमालेले बुधवार पनि प्रतिनिधि सभाका तीनवटा बैठक अवरुद्ध गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !