७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

संसदमा एमालेको उदण्डता, कोही सभामुखलाई झम्टिन खोज्ने, कोही मर्यादापालको काधमा चढ्ने



काठमाडौं । शुक्रबार संसद भवन बैठकमा अचम्मका दृश्यहरु देखिए । प्रतिपक्षी दल नेकपा एमालेका कोही सांसदहरु सभामुखतिर अघि झम्टने, कोही गालीगलौज गर्ने, कोही मर्यादापालकको काँधमा चढेर सभामुखको सिटतिर झम्टिन खोज्ने । यस्तै यस्तै दृश्यहरु देखिए । पार्टीले माधव नेपालसहित १४ सांसदलाई कारवाही गरेको भनि संसदलाई जानकारी गराउँदा पनि सभामुख अग्नि सापकोटाले कारवाहीबारे केही जानकारी नगराएपछि सांसदहरु यसअघि पनि संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।

शुक्रबार पनि एमाले सांसदहरु सभामुखको व्यवहार मुर्दावादलगायतका नाराहरु लगाउदै संसद अवरुद्ध पारेका थिए । तर, दुई पटकको संसद अवरुद्धपछि सभामुख सापकोटाले आफ्नो रफ्तार बढाए र आजै ओली सरकारले ल्याएको २०७८/७९ को बजेट संशोधन पनि अर्थमन्त्री जर्नादन शर्माले प्रस्तुत गरे ।

यसैक्रममा एमालेका सांसद नारदमुनी राना मर्यादापालकको काँधमाथि चढेर रोष्टमतिर आक्रमण गर्न खोज्दै थिए । तर, मर्यादापालकले उनलाई समाएर । अघि बढ्न दिएनन् । सांसद रानीले २०७४ को चुनावमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई कैलाली–५ बाट हराएर संसदमा प्रवेश गरेका थिए । पूर्वसहायक मन्त्री बनेकी आशा विक, सांसद नरबहादुर धामीलगायत सांसदको बुइमा चढेर रोष्टमतर्फ जान खोजेका थिए । मर्यादापालकले उनको कदमलाई सफल पार्न दिएनन् । उनीसँगै अन्य सांसदहरु पनि मर्यादापालकहरुको काँधमा चढेका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय