१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

२०० मेगावाट माथिका जलाशय र अर्धजलाशय आयोजनालाई २१ वर्ष कर छुट



सरकारले २०० मेगावाट भन्दा माथिका जलाशय तथा अर्धजलाशय आयोजनालाई छुट सुविधा र सहुलियत दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको प्रतिस्थापन विधेयक सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।

उनले जलविद्युत आयोजनामा लगानी बढाउन छुट सुविधाको व्यवस्था गरेको बताए । २०८२ सालभित्र वित्तीय व्यवस्थापन गर्ने २०० मेगावाट भन्दा माथिका जलाशय र अर्धजलाशय आयोजनाहरुले व्यापारिक कारोबार सुरु गरेको मितिले पहिलो १५ वर्षसम्म पुरै र त्यसपछिको ६ वर्षसम्म ५० प्रतिशत आयकर छुट दिने बजेटमा उल्लेख गरिएको छ ।

यस्तै आयोजनालाई आवश्यक पर्ने निर्माण उपकरण, मेशिनरी, औजार, पेनस्टक तथा स्टिलको सिट पैठारीमा लाग्ने महशुल घटाइ  १ प्रतिशत लाग्ने व्यवस्था गरिएको अर्थमन्त्री शर्माले बताए ।

यस्तै जलस्रोतको बहुउपयोगका लागि नयाँ आयोजना तयार पार्दा जलविद्युत उत्पादन क्षमता, सिंचाइको संभाव्यता र खानेपानी स्रोतको पहिचान गर्न एकिकृत नक्साङकन तयार पारिने भएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय