१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

ऊर्जामन्त्री पम्फा भुसाल र फातिमा सुमारबीच भेटवार्ता



काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । एमसीसी उपाध्यक्ष फातिमाले शुक्रबार सिंहदरबारमा पुगेर मन्त्री भुसालसँग भेट गरेकी हुन् ।

भेटमा एमसीसी सम्झौंता कार्यान्वयनका लागि सहयोग गरिदिन उपाध्यक्ष फातिमाले मन्त्री भुसालसँग आग्रह गरेकी थिइन् भने मन्त्री भुसालले दलहरुबीचको सहमतिको आधारमा सो सम्झौंतालाई अघि बढाउने धारणा राखेको उनको सचिवालयले जनाएको छ ।

भेटमा उनीहरुबीच नेपालको जल विद्युत तथा सडक पूर्वाधारको निर्माणका लागि दिइने सो अमेरिकी अनुदान सहायता कार्यान्वयनका विषयमा पनि छलफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस !