१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता



काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री देउवालाई भेट्न उपाध्यक्ष फतिमा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेकी हुन् ।

प्रधानमन्त्री देउवाले ट्विटरमा तस्वीर सार्वजनिक गर्दै भेटघाट भएको जानकारी दिएका हुन् । भेटमा उनीहरूले एमसिसीबारे आ-आफ्नो धारण राखेका थिए। साथै एमसिसीले नेपालको आर्थिक रूपान्तरण गर्न सक्ने सम्भावनाबारे छलफल भएको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !