१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

मौका पाएँ भने सभामुखको टाउकोमा माइकले हान्छु : एमाले सांसद झा



काठमाडौँ- सभामुख अग्निप्रसास सापकोटाले पेलेर संसद बैठक अघि बढाएपछि प्रमुख प्रतिपक्षी नेकपा एमाले आक्रोशित भएको छ ।सभामुखले बैठक नरोकेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद र मर्यादापालकहरुबीच संसद् बैठकमा घम्साघम्सी समेत भएको थियो ।

एमालेका सांसद रेखा झाले शुक्रबारको बैठकमा सभामुख सापकोटातिर हान्न आसनको माइक नै तानेकी थिइन् । तर त्यसलाई मर्यादापालकहरुले रोकिदिएका थिए। उनले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मिलेको भए सभामुखको टाउकोमा हान्ने बताइन् ।

‘मिलेको भए त्यही माइकले म सभामुखको टाउकोमा हान्थेँ। सभामुखले संसदीय मर्यादा कायम राखेनन्’, उनले भनिन्, ‘अब मौका पाएँ भने म सभामुखको टाउकोमा हान्छु ।’


प्रतिक्रिया दिनुहोस !