१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

सभामुख र अर्थमन्त्रीले गुरिल्ला शैलीमा देशलाई बन्दी बनाउने रणनीति लिए : गंगा चौधरी



काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरीले सभामुख र अर्थमन्त्रीको भूमिका मर्यादा बाहिर भएको बताएकी छन् । संसद बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद चौधरीले १० वर्षे जनयुद्धको गुरिल्ला पाराबाट सभामुखले देशलाई बन्दी बनाउने रणनीति लिएर संसदीय मर्यादाको धज्जी उडेको बताईन् । सफल हुन हामी आफू प्रयास गर्ने हो, बास्तवमा यो शैलीबाट संसदीय व्यवस्थाको धज्जी उडेको छ, सभामुखको यो भूमिका आफ्नो मर्यादा भन्दा बाहिर छ,’सांसद चौधरीले भनिन् । त्यस्तै उनले सभामुखले गुरिल्ला पारा देखाएको आरोप लगाईन् ।

संसद भित्रको प्रमुख प्रतिपक्षले समग्र सांसदहरुले आवाज उठाउँदा देशको महत्वपूर्ण विषयहरुमा पनि कम्तिमा कार्यव्यवस्था परामर्श समितिको पनि छलफल नगरी, बैठक नगरी, परामर्श नगरी, प्रमुख प्रतिपक्ष साथ नलिकन संसद यो तरिकाले चलाउनुको शैली के हो भने १० वर्षे जनयुद्धको गुरिल्ला पाराबाट देशलाई बन्दी बनाउने रणनीतिको साथ सभामुखले जुन काम गर्नुभएको छ सांसद चौधरीले भनिन् । त्यस्तै प्रमुख प्रतिपक्ष दललाई साथमा राखेर अघि बढ्नुको सट्टा अर्थमन्त्री शर्माले चोरबाटो र जंगली पाराले लुकेर प्रतिस्थापन विधेयक पेश गरेको बताईन् ।


प्रतिक्रिया दिनुहोस !