१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटीको बैठक आज बिहान बस्दै छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा आज बिहान ९ बजे बैठक बस्न लागेको नेकपा एमाले केन्द्रीय कार्यालय सचिव शेबरहादुर तामाङले जानकारी दिए।

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) र चालु संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने तामाङले जानकारी दिए।

यसअघि एमाले स्थायी कमिटी बैठक हिजै अपराह्न ४ बजे बस्ने भनिए पनि संसद बैठक लम्बिएपछि बस्न नसकि स्थगित भएको थियो।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय