१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

नेकपा एमालेले आगामी असोज १५ देखि १७ गतेसम्म विधान महाधिवेशन गर्ने निर्णय



काठमाडौं । नेकपा एमालेले आगामी असोज १५ देखि १७ गतेसम्म विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसकाे लागि महाधिवेशनमा भाग लिने प्रतिनिधिहरूको नामावली समेतकाे टुंगाे लगाएकाे छ ।

शनिबार बसेको स्थायी कमिटी बैठकले करिब ३ हजार प्रतिनिधिको टुंगो लगाएको हो । एमालेमा कुन तहबाट कति सदस्यहरूले उक्त महाधिवेशनमा भाग लिन पाउने भन्ने टुंगो लगाएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार निम्न संगठनबाट करीब ३ हजार प्रतिनिधिहरू उपस्थित हुनेछन् ।

ती संगठनहरू केन्द्रीय विभाग सचिवसहित १५ सदस्यसहरू, जेष्ठ कम्युनिस्ट मञ्च पदाधिकारी र सदस्य, केन्द्रीय कमिटी पदाधिकारी र सदस्य, विशेष कमिटी पदाधिकारी र सदस्य, निर्वाचन आयोग पदाधिकारी र सदस्य, सल्लाहकार परिषद् पदाधिकारी र सदस्य, अनुशासन आयोग पदाधिकारी र सदस्य,प्रदेश र सोसरहका कमिटी पदाधिकारी र सदस्य रहेका छन् ।

त्यसैगरि लेखा परीक्षण आयोग पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी र सदस्य, निर्वाचन क्षेत्रबाट महिला,दलित खुला एक सदस्य, जनसंगठन पदाधिकारीमध्येबाट १० जना, पार्टी सदस्य रहेका संघीय संसदका सदस्य,पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य, एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनित सदस्य रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !