८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

पन्जसिरवासीको हारगुहार : तालिबानले नरसंहार गरिरहेको छ, हामीलाई बचाउनुहोस्!



अफगानिस्तानको पन्जसिर प्रान्त निवासी एक व्यक्तिले तालिबानले आफ्नो परिवारलाई घर छाडेर काबुल जान चेतावनी दिइरहेको गुनासो गरेका छन्।

ती व्यक्तिले बीबीसीको फारसी सेवासँग भनेका छन्, ‘तालिबानले पन्जसिरका बासिन्दालाई दबाब दिइरहेका छन्, त्यहाँबाट भाग्न बाध्य बनाइरहेका छन्।’

बीबीसीका अनुसार यतिबेला सामाजिक सञ्जालमा प्रान्त (पन्जसिर) छाडेर गइरहेकाहरूको भिडिओ भाइरल भइरहेको छ। एक भिडिओमा धेरैवटा कार, बस र ट्रक पन्जसिर उपत्यकामा राखिएको देखिन्छन्।

पन्जसिरका अर्का एक स्थानीयले भने, ‘धेरै परिवारलाई जबर्जस्ती काबुल पठाइएको थियो, उनीहरूलाई नियन्त्रणमा लिएर अज्ञात स्थल लगिएको छ।’​

तालिबानविरोधी समूह नेसनल रेसिस्टेन्स फ्रन्टको विदेशी सम्बन्धका इन्जार्च अली निजारीले एक भिडिओ सार्वजनिक गर्दै भनेका छन्, ‘मलाई पन्जसिरस्थित मेरो घरबाट निकालिएको छ।’

उनका अनुसार ‘तालिबानले नरसंहार गरिरहेका छन्, संसारले देखिरहेको छ, तर उनीहरूलाई कुनै प्रभाव परेको छैन।’

उनले ‘यो युद्ध अपराध रोक्न’ अन्तर्राष्ट्रिय समुदायसँग अपिलसमेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस !