१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

फातिमासँगको भेटमा अर्थमन्त्री शर्माले भनेः एमसीसी चाहिन्छ तर राष्ट्रिय सहमति आवश्यक



अर्थमन्त्री जनार्दन शर्मा र मिलेनियम च्यालेन्ज कर्पोरेसन्स एमसीसीका उपाध्यक्ष फातिमा सुमारबीच शनिबार भेटवार्ता भएको छ।

भेटका क्रममा एमसीसी उपाध्यक्ष सुमारले एमसीसी नेपाललाई चाहिने वा नचाहिने भन्ने विषयको छिट्टै टुंगो लगाइदिन मन्त्री शर्माासँग आग्रह गरेकी थिइन्।

उत्तरमा अर्थमन्त्री शर्माले एमसीसी नेपालको लागि आवश्यक भएको बताए। तर उनले त्यसलाई पारित गर्न राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गरेका थिए।

एमसीसी संसदबाटै अनुमोदन गर्नुपर्ने भएकाले राजनीतिक सहमति आवश्यक रहेको शर्माले फातिमालाई बताएका हुन्।


प्रतिक्रिया दिनुहोस !