८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

दार्चुलामा बाढी पहिरो पिडितहरुका लागि २ दिनमा १ लाख ७३ हजार ५ सय ५२ रुपियाँ सहयोग संकलन



प्रेमराज जोशी, दार्चुला । जिल्लाको दुहुँ गाउँपालिकामा यहि भाद्र १३ गते परेको अविरल वर्षाका कारण प्रभावित वाढिपहिरो पिडितहरुका लागि सहयोग संकलन अभियानको आज दोस्रो दिन माथिल्लो वजार क्षेत्र र वङगावगर क्षेत्रवाट रकम संकलन गरिएको छ । पहिलो दिन शुक्रवार ७९ हजार ६ सय ६५ त्यसै गरी शनिवार ८३ हजार ८ सय ८७ गरी जम्मा अहिले सम्म १ लाख ७३ हजार ५ सय ५२ रुपैया सहयोग संकलन भएको समिति अध्यक्ष लोकेन्द्र वहादुर वंमले जानकारी दिए । आईतवार जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयहरुवाट संकलन हुने जनाईएको छ ।

त्यस्तै जिल्ला सदरमुकाम खलंगाको पुलघाटमा एक हप्ता सम्म सहयोग अभियान संकलन कार्यक्रम हुने र दुहुँ गाउँपालिका भित्र पनि संचालन हुने जनाईएको छ ।

वाढि पहिरो पिडित सहयोग संकलन समिति दुहुँ गाउँपालिका दार्चुलाले ७ दिनको समयमा ५ लाख भन्दा वढी सहयोग रकम संकलन गर्ने लक्ष्य रहेको समितिका कोषाध्यक्ष पुरन सिह साहुले जानकारी दिए । त्यस्तै जिल्ला वाहिर र देश वाहिर रहने नागरीकहरुका लागि नेपाल ईन्भेष्टमेन्ट वैंक शाखा कार्यालय हिकिलामा रहेको वाढि पहिरो पिडितका लागि सहयोग संकलन अभियानको खाता नं. ०७८०५०५०२६५२३१ मा समेत जम्मा गर्न सकिने समितिले जनाएको छ । संकलित रकम गाउँपालिकाकोे समन्वयमा पारदर्शि रुपमा पहिरो प्रभावित पिडितहरुलाई उपलब्ध हुने समिति अध्यक्ष वंमको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !