१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

चीनसँगको सीमा विवादबारे अध्ययन गर्न गृहको टोली हुम्ला पुग्यो



काठमाडौं । चीनसँगको सीमा विवादबारे अध्ययन गर्न सरकारले बनाएको अध्ययन टोली हुम्लाको सिमकोट पुगेको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले नेतृत्व गरेको सात सदस्यीय टोली हिजो हुम्ला पुगेको हो । टोलीले चीनसँग जोडिएका हुम्लाका १५ वटा सीमास्तभमध्ये १३ वटा सीमास्तम्भको अध्ययन गर्ने बताईएको छ । मौसमले साथ दिएमा १५ वटै स्तम्भको अध्ययन गरिने तर मौसमले साथ नदिएमा १३ वटा मात्रै स्तम्भको अध्ययन गरिने प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले जानकारी दिनुभयो ।

गत वर्ष हुम्लाको नाम्खा गाउँपालिका–६ लिमिको लोलुङजोङमा चीनले निर्माण गरेका भवन नेपाली भूमिमा भएको खबर सार्वजनिक भएपछि पहिलो पटक सरकारी टोली स्थलगत अध्ययनका लागि हुम्ला पुगेको थियो । तर तत्कालिन ओली सरकारले चीनले बनाएका संरचना उसकै भूमिमा परेको र नेपालको सीमा नमिचिएको दावी गरेको थियो । ओली सरकारको निर्णायमा असहमती जनाउँदै देउवा सरकारले यही भदौ १७ गते हुम्लाको नाम्खा गाउँपालिकाको लिमी र आसपासका क्षेत्रमा चीनले सीमाना मिचेको विषयमा स्थलगत अध्ययन गर्न समिती बनाएको हो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय