१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

सभामुख सापकोटा पदमा बस्नलायक रहेनन् : ओली



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटा सभामुख पदमा बस्नलायक नरहेको बताएका छन् । आइतबार संसद् भवनमा बसेको संसदीय दलको बैठकमा ओलीले सभामुखले पदीय मर्यादा गरिमा कायम गर्न नसकेकाले कुर्सीमा बस्ने अधिकार गुमाइ सकेको टिप्पणी गरे । सभामुखले आफैंले बनाएको संसद् नियमावली, कानुन मिचेको ओलीको आरोप छ । कार्यव्यवस्था परामर्श सहमति, सर्वपक्षीय सहमतिमा अगाडि बढाउनुपर्नेमा पेलेर अघि बढ्न खोज्दैछन् ।

म सरकारमा हुँदा सहमति र सहकार्यबाट लगेको थिएँ । तर उहाँहरूले अस्थिरता निम्त्याउनुभयो । संविधान र नियम, कानुन नमान्ने र अरुले प्रतिगमन गर्‍यो भन्ने । स्थायित्व र स्थिरताको विरोधीहरू हुन् । अहिले पनि गठबन्धनमा बसेर भूमिका खेल्दै छन्, ओलीले आक्रोश पोखे ।

एमाले फुटाउने उद्देश्यले सत्ता गठबन्धन बनेको र त्यसमा सभामुखले षडयन्त्रपूर्वक भूमिका देखिएको ओलीले बताए । ‘सभामुख कानुनविपरीत, मर्यादाहीन देखियो । पदको दुरुपयोग गरे । प्रमुख प्रतिपक्षीविरुद्ध योजनाबद्ध रूपमा लागे’ ओलीले भने, ‘सापकोटा सभामुखको कुर्सीमा बस्न लायक छैनन् । उहाँले पदीय मर्यादा गरिमा कायम गर्नुभएन । प्रतिस्थापन विधेयक ल्याएका अर्थमन्त्रीले पनि मर्यादित व्यवहार नगरेको ओलीको आरोप थियो । ‘सभामुखको व्यवहार आचरणको व्यवहार भएन । हामी यसमा गम्भीर रूपमा आपत्ति जनाउँछौं ओलीले भने ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय